राष्ट्रपति भण्डारी आज कपिलवस्तु आउँदै

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा २ नन्दनगरमा संचालन भईरहेको २७ औं ज्ञानमहायज्ञको उद्घाटनका लागि आज बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारी कपिलवस्तुको बाणगंगामा आउनु हुने भएको छ ।

यज्ञ सम्पादन आयोजन मूल समितिका संयोजक बालाराम ज्ञवालीका अनुसार विहीबार विहान ११ बजे राष्ट्रपति भण्डारीले ज्ञानमहायज्ञको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महायज्ञ मंगलबार देखि सुरु भए पनि त्यसको औपचारिक उद्घाटन विहीबार हुदैँ छ ।

महायज्ञमा यसपटक अन्तर्राष्ट्रिय कथाबाचक आचार्य पण्डीत श्री सत्यराज अवस्थी वृन्दावन भारतले कथा बाचन गर्नु हुने कार्यक्रम छ । यस्तै हरेक दिन सन्ध्यामा साँझ ६ बजेदेखि ८ बजेसम्म संगीतमय महाआरती हुने छ ।

प्रतिक्रिया