सर्लाही काँग्रेस महाधिवेशनमा झडप : निर्वाचन अधिकृतको हात भचाइयो, टाउको पनि फुट्यो

सर्लाही

हिजो गाेली चलेको सर्लाहीको काँग्रेस जिल्ला अधिवेशनमा आज (सोमबार) पनि झडप भएको छ । झडपमा परि निर्वाचन अधिकृतसहित ५ घाइते भएका छन् ।

सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि काँग्रेसकै कार्यकर्ताहरुले आक्रमण गरेपछि विवाद शुरु भएको हो ।

क्षेत्र न‌, ४ कै प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहका पक्षधर कार्यकर्ताले मतदान अधिकृत झामाथि आक्रमण गरेको सर्लाही प्रहरीले बताएको छ ।

सुरुमा सामान्य विवाद भएपनि प्रहरीले कार्यकर्ताहरुलाई नियन्त्रणमा लिन खोज्दा झडपको स्थिती सृजना भएको हो ।

कुटपिटबाट अधिकृत झाको टाउकोमा गम्भीर चोट लागेको र हात पनि भाँचिएको प्रहरीले बताएको छ । त्यस्तैगरी ३ प्रहरी पनि घाइते भएका छन् । आक्रमण गर्ने पक्षका एकजना घाइते भएका छन् ।

आइतबार पनि सोही क्षेत्रको महाधिवेशनमा विवाद हुँदा गोली चलेको थियो ।

प्रतिक्रिया