कोरोनाको नयाँ भेरियन्टका शङ्कास्पद सङ्क्रमित भेटिएपछि जर्मनीमा उच्च सतर्कता

सेयर गर्नुहोस्
1Shares

काठमाण्डाै

दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्तिमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का शङ्कास्पद सङ्क्रमित भेटिएपछि जर्मनीमा उच्च सतर्कता अपनाइएको छ ।

दक्षिण अफ्रिकाबाट फर्किएका एक व्यक्ति नयाँ भेरियन्टबाट सङ्क्रमित भएको हुनसक्ने  पश्चिमी राज्य हेस्सीका सामाजिक मामिलामन्त्री काइ क्रोजले ट्विटमा उल्लेख गर्नुभएको छ । उहाँले ती व्यक्तिमा ‘ओमिक्रोन’ भेरियन्टको बलियो सम्भावना रहेको र होम क्वरेण्टीनमा राखिएकाे बताउनुभएको छ ।

तर पुष्टिका लागि थप अनुसन्धान हुन बाँकी नै रहेको समाचार संस्था एएफपीले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले नयाँ भेरियन्ट ओमिक्रोनलाई चिन्ताको विषय घोषणा गरेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।