किसान मागअनुसार दूधको मूल्य बढाउने तयारी, प्रतिलिटर १० रुपैयाँ बढ्न सक्ने

काठमाडौं

सरकारले प्रशोधित दूधको मूल्य बढाउने तयारी गरेको छ । किसानको लागत मूल्य बढ्दै गएको र लामो समयसम्म मूल्य नबढेकोले दूधको मूल्य बढाउने गरी प्रारम्भिक छलफल भएको हो । किसान तथा उद्योगीको मागअनुसार मूल्य बढाउने तयारी राष्ट्रिय दुग्ध विकास बोर्डमा छ ।

दाना, चोकर, डिजेलको मूल्य बढेकाले दूधको मूल्य बढाउन किसान र उद्योगबाट प्रस्ताव आएको बोर्डको भनाइ छ । सरोकारवाला पक्षको प्रस्तावमा बोर्डले प्रतिलिटरमा ८ देखि १० रुपैयाँसम्म वृद्धि गर्ने गृहकार्य गरेको बताइएको छ । बोर्डले किसानको लागत मूल्य कति बढेको छ भनेर अध्ययन गरेको छ । बोर्ड, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योग संघ, दुग्ध विकास संस्थान (डीडीसी) को सिफारिसमा दूधको मूल्य प्रस्ताव गरिन्छ ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया