नेकपा (एस) कपिलवस्तुको कार्यालय तौलिहवामा

सेयर गर्नुहोस्
16Shares

कपिलवस्तु

कपिलवस्तुको सदरमुकाम तौलिहवामा नेकपा (एकीकृत समाजवादी) ले जिल्ला पार्टी कार्यालय स्थापना गरेको छ । एमालेबाट विद्रोह गरी कम्युनिष्ट आन्दोलनको पुर्नगठन अभियानलाई लिएर जन्मिएको नेकपा (एस) कपिलवस्तुले तौलिहवाको भिक्षु चोकस्थित पार्टी कार्यालय स्थापना गरेको हो ।

पार्टी कार्यालय औपचारिक रुपमा उद्घाटन नभएपनि तौलिहवामा कार्यालय स्थापना गरिएको छ । अबका केही दिनमा कार्यालय व्यवस्थापनको काम सकाएर औपचारिक रुपमा कार्यालय खुल्ने नेकपा (एस) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर खत्रीले जानकारी दिनुभयो ।

मंसिर १५ देखि कार्यालय सचिव नियुक्त गरेर पार्टी काम व्यवस्थित रुपमा सञ्चालन हुने जिल्ला इन्चार्ज क्षेत्रीले बताउनुभयो ।

पछिल्लो समय एकीकृत समाजवादीले जिल्लामा संगठन विस्तारलाई तिव्र पारेको छ । १० स्थानीय तह रहेको जिल्लामा समाजवादीले कृष्णनगर नगर कमिटी, शिवराज नगर कमिटी, वाणगंगा नगर कमिटी, कपिलवस्तु नगर कमिटी गठन गरिसकेको छ । अबको मंसीर २० भित्र सबै स्थानीय पालिका कमिटी गठन गर्ने पार्टीले जनाएको छ । युवा संघ नेपाल, अनेरास्ववियू, पिपुल भोलेन्टियर्सको जिल्ला कमिटी पनि घोषणा भैसकेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट सर्वाेच्चमा भोलि फुलकोर्ट बैठक बोलाएर मंसिर १५ देखि गोलाप्रथा लागू गर्ने सहमति
अगिल्लो पोस्ट कांग्रेस कपिलवस्तु : क्षेत्र नम्बर १ सभापतिमा अब्दुल मन्नान खाँ विजयी