कपिलवस्तु २ , जिल्ला अध्यक्ष र मेयरकाे प्रतिष्ठा , मिश्रलाई ईतिहास रच्ने अवसर

सेयर गर्नुहोस्
154Shares

कपिलवस्तु
नेपाली काँग्रेसको संघिय निर्वाचन क्षेत्र अन्तर्गत कपिलवस्तुका ३ क्षेत्रमा बुधवार निर्वाचन हुन लागेको छ । मंगलवार हुन पर्ने निर्वाचन बिवादका कारण एक दिन पछाडी धकेलिएको छ ।    बिवाद छिचोल्दै ३ क्षेत्रमा निर्वाचनको माहोलले यती वेला कपिलवस्तुको क्षेत्र नं. २ सबै भन्दा चर्चाको विषय बनेको छ । क्षेत्रीय सभापतिका लागि नेपाली काँग्रेसका दुई हस्ती उठे पछि सर्बाधिक चासोको विषय बन्न पुगेको छ ।
कपिलवस्तु क्षेत्र नं. २ सभापतिमा बुधवार हुने निर्वाचनमा सभापति पदका लागि बिरेन्द्र मिश्रा र केशव श्रेष्ठ भिड्ने भएका छन् । दुवै जना बुद्धभुमी नगरपालिका १ का बासिन्दा समेत हुन । नेता मिश्रा काँग्रेस जिल्ला प्रवक्ता हुन भने श्रेष्ठ क्षेत्रीय सभापति र बुद्धभूमि नगरपालिकाका नगर प्रमुख हुन । मिश्रा सस्थापन पक्षको नेतृत्व गर्छन भने श्रेष्ठ जिल्ला सभापतिका विश्वासनीय पात्र हुन ।
क्षेत्र नं. २ जिल्ला सभापति सुरेन्द्रराज आचार्यको निर्वाचन क्षेत्र भएको हुँदा आफ्नो पकड राख्नु पर्ने ठुलो दवाव रहेको छ । निर्वाचनमा मेयर श्रेष्ठ होमिए पनि जित हारले आचार्यको राजनैतिक यात्रा सम्म अर्थ राख्ने गर्दछ । यसो त सभापति आचार्यले कुनै बिबाद नभए पनि यस क्षेत्रको मतदान स्थगित गरेका थिए । क्षेत्रीय सभापतिको २ उम्मेदवारले मिश्रालाई समर्थन गर्दै नाम फिर्ता लिए सँगै मिश्राको जितको संभावना बढेको काँग्रेस कार्यकर्ताहरु बताउछन् ।
नेता बिरेन्द्र मिश्रा जनता सँग मिल्ने खुवी भएको र निष्ठावान नेता भएको कारणले उनको कार्यकर्ता माझ बलियो सम्वन्ध रहेको छ । प्राय जनताको काममा खट्ने स्वभाव र मिलनसार प्रवृती भएको कारणले उनलाई व्याक्तीगत मत खस्ने अपेक्षा गरिएको छ । स्थानीय तहको निर्वाचनमा मेयरको आकाक्षी रहे पनि टिकट भने श्रेष्ठले पाएका थिए । उनले श्रेष्ठलाई जिताउनको लागि ठुलो सहयोग गरेका थिए ।
यता मेयर श्रेष्ठ पनि यस क्षेत्रका बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् । आचार्यको बिश्वाशिला पात्र भएको हुँदा आचार्य समर्थकको भोत पाउने संभावना रहेको छ । बुद्धभूमि नगरपालिकाको मेयर समेत भएको हुँदा आफ्नो केही प्रभाव समेत पर्ने देखिन्छ । प्रदेश क्षेत्रीय निर्वाचनमा आचार्य टिममा रहेर निर्वाचन लडेका बाणगंगा नगरपालिकाका नगरप्रमुख पराजित भए सँगै जनप्रतिनिधि भएको फाइदा दल भित्रको आन्तरीक निर्वाचनमा नहुने प्रष्ट भएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट ‘ड्युटी सकियाे’ भन्दै यात्रुलाई अलपत्र पार्ने पाइलटलाई मन्त्रालयले स्पष्टीकरण साेध्याे
अगिल्लो पोस्ट कांग्रेस महाधिवेशन : प्युठान मतगणना स्थलमै चल्यो गोली