बेपत्ता पौडेलको खोजी कार्यमा तालिम प्राप्त कुकुर परिचालन

कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाबाट शुक्रबारदेखि बेपत्ता भएको व्यापारी खोज्न कपिलवस्तु प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ । चन्द्रौटामा खाद्यान्न पसल संचालन गर्दै आएका ३३ वर्षीय विक्रम पौडेल गत शुकबार साँझ ७ बजेदेखि बेपत्ता भएका हुन् ।

सम्पर्कविहीन भएपछि जिल्ला प्रहरी कार्यालयले पनि बेपत्ता पौडेलको खोजतलास सुरु गरेको थियो । पौडेल सवार मोटरसाइकल शनिबार विहान बुद्धभूमि ९ बेलनदी नजिकै र अर्को दिन विहान पौडेलको मोबाइल नदी आसपासमा फेला परेको थियो ।

लगातार प्रहरी प्रशासन र स्थानीयले खोजी गर्दा फेला नपरेपछि तालिम प्राप्त कुकुर परिचालन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कर्णाली प्रदेश प्रहरी मातहत रहेको तालिम प्राप्त कुकुर परिचालन गरी आज (मंगलबार) विहानदेखि खोजी सुरु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया