न्युजिल्याण्डविरुद्ध भारतको क्लिन स्विप

सेयर गर्नुहोस्
2Shares

काठमाडौँ – न्युजिल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा भारतले क्लिन स्विप गरेको छ ।

घरेलु मैदान कोलकत्तामा आइतबार भएको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा न्युजिल्याण्डलाई भारतले ७३ रनले हराएको हो ।

भारतका लागि कप्तान रोहित शेर्माले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । दिपक चाहरले अविजित २१ रन, इशान किसनले २९, श्रेयस एयरले २५ तथा भेन्कातेस आयरले २० रन बनाए ।

भारतले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १७ ओभर २ बलमा अलआउट हुँदै १ सय ११ रनमा समेटियो ।

यससँगै भारतले सिरिज ३-० ले आफ्नो बनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट माओवादी केन्द्रको पक्षमा कृष्णनगरका मधेशी जनता भव्य वडा सम्मेलन
अगिल्लो पोस्ट कपिलवस्तुमा आज प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कांग्रेसको मनोनयन दर्ता हुँदैँ