बंगलादेशसँगको टी–ट्वेण्टी श्रृङ्खला पाकिस्तानले जित्यो

काठमाण्डाै

बंगलादेशसँगको टी–ट्वेण्टी श्रृङ्खला पाकिस्तानले जितेको छ । आज भएको  दोस्रो खेल आठ विकेटले जितेसँगै पाकिस्तानले तीन खेलको श्रृङ्खला एक खेल अघि नै जितेको हो ।

आज ढाकामा बंगलादेशले दिएको एक सय नौ रनको सामान्य लक्ष्य पाकिस्तानले ११ बल  अघि मात्रै दुई विकेट गुमाएर भेटायो । पाकिस्तानका लागि फखर जमानले नटआउट ५७ र मोहम्मद रिजवानले ३९ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा सात विकेट गुमाएर एक सय आठ रन मात्रै बनायो ।

बंगलादेशलाई कम स्कोरमा समेट्न पाकिस्तानका शाहिन अफ्रिदी र शदाव खाँनले २/२ विकेट लिए । तीन खेलको टी–ट्वेण्टी र दुई खेलको टेष्ट श्रृङ्खला खेल्न पाकिस्तान बंगलादेशको भ्रमणमा रहेको छ ।

प्रतिक्रिया