ए डिभिजन लिग फुटबल : संकटा र हिमालयन शेर्पाको खेल बराबरीमा

सेयर गर्नुहोस्
8Shares

काठमाण्डाै –

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आज भएको पहिलो खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबले १–१ को बराबरी खेलेका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा दुवै टोलीले १/१ गोल गर्दै अंक बाँडेका हुन् ।

६० मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाए पनि हिमालयन शेर्पाका  त्रिदेव गुरुङले ६४ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । यस्तै आज हुने दोस्रो खेलमा बेलुका पौने पाँच बजे थ्री स्टार र च्यासल युथ क्लब खेल्दैछन् । हिजोदेखि सुरु भएको लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा १४ क्लब सहभागी छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट थप दुई सय ४२ जनामा काेराेना सङ्क्रमण पुष्टि
अगिल्लो पोस्ट केपी ओलीका कारण संविधान संशोधन रोकियो : प्रचण्ड