१२ हजार परीक्षणमा ४१२ जनामा कोरोना संक्रमण

सेयर गर्नुहोस्
81Shares

काठमाडौं

पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०६ पीसीआर र १८८७ एन्टिजेन गरी ११ हजार ९९३ परीक्षणमा ४१२ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणबाट परीक्षणमा ३६३ जना र एन्टिजेन परीक्षणबाट ४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २०२ रहेको छ भने कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ रहेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट गुल्मीमा हराएका व्यक्ति भेटिए मृत अबस्थामा
अगिल्लो पोस्ट कपिलवस्तुमा हिन्दुबादी संगठनहरुद्धारा प्रदेश २ सरकार बिरुद्ध बिरोध प्रर्दशन, मुख्यमन्त्री राउतको राजीनामा माग