दिल्लीका स्कुल कलेज अनिश्चित कालका लागि बन्द

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीका विद्यालय तथा क्याम्पस वायु प्रदूषणका कारण अनिश्चित कालका लागि बन्द गरिएको छ ।

दीपावली सकिएलगत्तै फैलिएको प्रदूषित कुहिरोले दिल्लीको आकाशलाई धुम्म पारेको छ भने वायु प्रदूषण जनस्वास्थ्यमा अत्यधिक असर गर्ने स्तरमा उक्लेको छ ।

गाडीवाट निस्केको धुवाँ, औद्योगिक प्रतिष्ठानको उत्सर्जन, धुलो तथा मौसमी कारणले विश्वका अत्यन्त प्रदूषित सहरको सूचीमा दिल्ली अग्रस्थानमा रहँदै आएको छ ।

वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार बुधबार साँझ विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा दिल्ली पहिलो स्थानमा छ । यो सूचीमा काठमाडौं २६औं स्थानमा छ ।

बीबीसीका अनुसार दिल्लीका विभिन्न भागमा वायु प्रदूषणको गुणस्तर सूचकांक ९एक्युआई० ४०० नाघेको छ । प्रदूषण अचाक्ली बढेपछि आइतबारसम्म सबै खाले निर्माण कार्य बन्द गरिएको छ । तर प्रतिरक्षा तथा यातायातसम्बन्धी परियोजना जारी राखिएको छ ।

प्रतिक्रिया