इक्वेडरको जेलमा कैदीहरुबीच झडप : कम्तीमा ६८ जनाको ज्यान गयो

सेयर गर्नुहोस्
16Shares

काठमाण्डाै

इक्वेडरको एउटा जेलमा कैदीहरुबीच झडप हुँदा कम्तीमा ६८ जनाको ज्यान गएको छ ।

गाकुइल सहरमा रहेको जेलमा झडप भएको हो । झडपपछि स्थितिलाई नियन्त्रणमा लिन सयौँको सङ्ख्यामा सेना परिचालन गरिएको छ ।

झडपपछि जेलभित्र प्रवेश गरेको प्रहरीले विस्फोटक पदार्थ र बन्दुक फेला पारेको बीबीसीले जनाएको छ । यो वर्षभित्र नै इक्वेडरका जेलमा भएको झडपमा दुई सयभन्दा धेरैको ज्यान गइसकेको छ ।

यो जेलमा गएको असोजमा पनि झडप भएको थियो । त्यसबेला सय जनाभन्दा धेरैको ज्यान गएको थियो।

यसअघि गएको फेब्रुअरीमा पनि तीन वटा जेलमा झडप भएको थियो । ती घटनामा कम्तीमा ७९ जनाको ज्यान गएको थियो । मेक्सिकोका माफिया समूह र तस्करको प्रभाव बढेकाले इक्वेडरका जेलमा बारम्बार झडपका घटना हुँदै आएको त्यहाँका सुरक्षा अधिकारले बताएका छन्।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट माओवादी केन्द्रसँग एकता गर्ने नै हो : विप्लव
अगिल्लो पोस्ट नेपाली पौरख र गौरवभित्र लुकेर बसेका सम्पदाहरूको खोजी आवश्यक छ : प्रधानमन्त्री देउवा