बुद्धको एक प्रेरक प्रसङ्ग

सेयर गर्नुहोस्
0Shares

ई साझाकुरा ।
बुद्धले एकजना व्यक्तिलाई सोधे— तिम्रो उमेर कति पुग्यो ? साठी वर्ष । होइन । ती व्यक्तिले फेरि भने— भगवान् म तपाईंको कुरामा सन्देह गर्न सक्दिनँ र मलाई आफ्नो स्मरण शक्तिमाथि पनि पूरा विश्वास छ । त्यसैले सत्य कुरा भनिदिन अनुरोध गर्छु ।

बुद्धले भने— तिम्रो उमेर एक वर्ष हो । ती व्यक्तिले अचम्म मान्दै सोधे— टाउकोको कपाल सेतो भइसक्यो, दाँत झरिसक्यो, मेरो नाति दश वर्षको भैसक्यो, यस्तो अवस्थामा मेरो उमेर एक वर्षको कसरी भयो ? बुद्धले सविस्तार भने— तिम्रो उनान्साठी वर्ष निरर्थक बित्यो । त्यसको तिमीले कुनै पनि लाभ उठाएनौँ । एक वर्षदेखि तिमी धर्म र सदाचारको साधनामा लागिरहेका छौ, त्यसैले तिम्रो उमेर एक वर्ष हो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट टि–२० विश्वकप : इंग्ल्यान्ड सेमिफाइनलमा पुग्यो
अगिल्लो पोस्ट कपिलवस्तुको कपिलधाममा मनाइयो धनवन्तरी जयन्ती