‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीनाको समूहलाई

सेयर गर्नुहोस्
0Shares

काठमाण्डौ । लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ ।

आज पोखरामा भएको फाइनलमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई हराएर पराजुली र बुढाथोकीको समूहले उपाधि जितेको हो ।

उपाधि विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । दोस्रो भएको बालचन्द्र बराल र शोभा कार्कीको समूहले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार हस्तान्तरण गर्नुभयो । यो कार्यक्रम नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट मुख्य प्रशिक्षक अलमुताइरी काठमाडौं आइपुगे
अगिल्लो पोस्ट भैंसीको मासु खाँदा गाउँ नै त्रसित,७० जनालाई लगाइयो खोप