कोरोना महामारीको समयमा अपराध गरेको भन्दै ब्राजिलका राष्ट्रपतिलाई कारबाहीको माग

सेयर गर्नुहोस्
0Shares

सिनेटले नयाँ रिपोर्ट सार्वजनिक गर्दै कोरोना महामारीको समयमा १३ वटा गम्भीर अपराध गरेको भन्दै उनलाई कारबाहीको माग गरेको हो।

करिब ६ महिना लामो समयपछि तयार पारिएको १२ सय पेज लामो रिपोर्टमा बोल्सोनारोमाथि विभिन्न १३ वटा अपराधको आरोप लागेको छ।

बोल्सोनारो कोरोना महामारी नियन्त्रण र व्यवस्थापनमा असफल रहेको भन्दै उनीमाथि ६ लाख ब्राजिलियन नागरिक मारेको आरोप सिनेट रिपोर्टले लगाएको छ। उनले ब्राजिली नागरिकहरुले कोरोनाविरुद्धको खोप लगाउन नपर्ने बताएका थिए।

उनले लामो समयसम्म कोरोना भाइरसलाई गम्भीरतापूर्वक लिँदै लिएनन्, पछिल्लो समय पनि लिएको देखिँदैन। उनले मास्कको प्रभावकारिताबारे पनि शंका व्यक्त गरेका थिए। उनले आफूले मास्क नलगाउने बताएका थिए।

गत साता मात्रै उनी सान्तोस विरुद्ध ग्रेमियोको फुटबल खेल मैदानमै गएर हेर्न चाहन्थे। तर, त्यहाँको स्वास्थ्य मापदण्ड अनुसार खोप नलगाएकालाई प्रवेश निषेध गराइएको थियो। सोहीकारण उनले खेल हेर्न पाएनन्। तर, बोल्सोनारोले आफूमा खोप लगाउनेमा भन्दा बढी एन्टिबडी रहेको दाबी गर्छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट के तपाईँको कान पाक्छ ? यसरी गर्नुहोस् घरेलु उपचार
अगिल्लो पोस्ट आजदेखि मौसममा सुधार : ठूलो पानी नपर्ने, पहिरोको जोखिम भने कायमै