राष्ट्रिय फूटबल टोलीका प्रत्येक खेलाडीले जनही ५ लाख पाउने

सेयर गर्नुहोस्
7Shares

काठ्माण्डौँ ।

साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय टोलीका सबै खेलाडीलाई पाँच/पाँच लाख रुपैयाँ दिने सरकारले निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ च्याम्पियनसिपमा सहभागी प्रत्येक खेलाडीलाई पाँच लाखका दरले पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। खेलाडीको सम्मान स्वरुप नगद सहयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय फूटबल टोलीका प्रशिक्षकलाई तीन लाख दिने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए।

यसअघि पर्वतको कुस्मा नगरपालिकाले राष्ट्रिय फूटबल टोलीलाई दुई लाख दिने निर्णय गरेको थियो। मेयर रामचन्द्र जोशीले पुरस्कारस्वरुप दुई लाख दिने घोषणा गरेका हुन्।

नेपाली फूटबल टोली सोमबार नै स्वदेश फर्किएको छ। मालदिभ्सको मालेमा भएको साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट जम्मु–कश्मिरमा १ हप्तादेखि मुठभेड : ९ जना भारतीय सैनिकसहित २२ को मृत्यु
अगिल्लो पोस्ट गुल्मीमा बाढीले बगायो यात्रुबाहक जीप