साफ च्याम्पियनसिपमा भारत सँग नेपालको उपाधि भिडन्त

सेयर गर्नुहोस्
14Shares

कपिलवस्तु ।
भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको भएको समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो । फाइनलमा प्रवेश गरेसँगै अब नेपाल र भारतबीच उपाधि भिडन्त हुने भएको छ ।

यस अघि बुधबार नै भएको आफ्नो समूह चरणको अन्तिम खेलमा नेपाल फाइनलमा प्रवेश गरेको थियो । बंगलादेशसँग १–१ को बराबरी खेलेको नेपाल अंक तालिकाको आधारमा फाइनलमा प्रवेश गरेको थियो । अब फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८ः ४५ बजे हुनेछ ।

यसअघि समूह चरणको खेलमा नेपाल १(० गोलले भारतसँग पराजित भएको थियो । भारत ८ अंकसहित अंक तालिकाको शिर्ष स्थानमा छ भने नेपाल ७ अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट नवरात्रको अन्तिम दिन आज महानवमी पर्व
अगिल्लो पोस्ट कोरोना भाइरसको उत्पतिबारे थाहा पाउने अन्तिम मौका हुन सक्छ नयाँ अध्ययन समूह : डब्लुएचओ