साफ च्याम्पियनसिपपछि नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले राजीनामा दिने

सेयर गर्नुहोस्
55Shares
माले                                                               नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि आफू नेपाल नफर्कने र आफूले यसअघि नै राजीनामा दिइसकेको बताएका छन् ।                 नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेर फाइनल प्रवेश गरेयता आयोजित प्रेस मिटमा उनी आक्रामक भएर प्रस्तुत भए र आफ्नो धेरै आलोचना भएकोमा नेपाली मिडियाको आलोचना पनि गरे ।

उनले भने, ‘मैले यसअघि नै राजीनामा दिइसकेको छु । फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ । फाइनलपछि म नेपाल फर्कने पनि छैन ।’ प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए र भने, ‘यी तीन दिन मैले धेरै तनावमा गुजारे ।’ तर उनले जितमा आफू खुसी रहेको पनि बताए ।

खेलको विश्लेषण गर्नेक्रममा उनले भने, ‘बंगलादेशी गोलरक्षकले रातो कार्ड खाएपछि टिम १० खेलाडीमा सीमित भयो र खेल हाम्रो पक्षमा मोडियो । म बंगलादेशी गोलरक्षकलाई धन्यवाद दिन चाहन्छु, किनभने उनले मलाई अहिले तत्काल विश्वकै सबैभन्दा खुसी मान्छे बनाएका छन् । म उनीप्रति आभारी छु ।’

खेलमा अञ्जन विष्टले पेनाल्टीबाट नेपालका लागि गोल गरेका थिए र त्यो पेनाल्टीको निर्णय विवादास्पद पनि रह्यो । यसबारे बोल्दै प्रशिक्षक अल्मुताइरीले भने, ‘यो निर्णय ठीक थियो अथवा थिएन म ठ्याक्कै भन्न सक्दिनँ । त्यसो भनेमा त्यो झूट हुनेछ । तर म नेपाली टिमको प्रशिक्षक भएको हुनाले त्यस निर्णयको विपक्षमा बोल्दिनँ ।’

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट इतिहास रच्दै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा
अगिल्लो पोस्ट नवरात्रको अन्तिम दिन आज महानवमी पर्व