साफ च्याम्पियनसिप: पहिलो हाफमा नेपाल बंगलादेशसँग १ गोलले पछि

सेयर गर्नुहोस्
34Shares

काठमाडौं

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपालविरूद्धको खेलमा बंगलादेशले अग्रता लिएको छ।

पहिलो हाफमा बंगलादेशले नेपालविरूद्ध आठौं मिनेटमा एक गोल गरेको हो। नेपालले गोल गर्न सकेको छैन।

नेपाली समय अनुसार बुधबार पौने ५ बजेदेखि राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा खेल सुरू भएको हो।
नेपाल र बंगलादेश दुबैले फाइनलका लागि खेल्दैछन्।

नेपालले जीत निकाले वा बराबरीमा सकाए फाइनल पुग्नेछ। यता बंगलादेशले भने खेल जित्नुपर्ने हुन्छ।

अंक तालिकामा माल्दिभ्स ६ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेपालको पनि ६ अंक छ।

भारत ५ अंक जोडेर तेस्रो र बंगलादेश ४ अंकसहित चौथो स्थानमा छ। १ अंक जोडेको श्रीलंका भने बाहिरिसकेको छ।

आयोजक माल्दिभ्स र भारतबीच राति खेल हुनेछ। खेलमा फाइनलमा पुग्न भारतलाई जित तथा माल्दिभ्सलाई बराबरी आवश्यक हुनेछ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट २४ घण्टामा ३ सय ६५ जनामा काेराेना पुष्टि, ६ सय ९ जना निकाे
अगिल्लो पोस्ट साफ च्याम्पियनसिप : नेपालले बंगलादेशविरुद्ध गोल फर्कायो