जि – २० शिखर सम्मेलन आज देखि सुरु हुँदै

सेयर गर्नुहोस्
41Shares

एजेन्सि– । जि २० मुलुकको शिखर सम्मेलन आजदेखि शुरु हुँदैछ। जि–२० मुलुकको अध्यक्ष राष्ट्र इटलीको आयोजनामा आजदेखि भर्चुअलरुपमा सम्मेलन हुन लागेको हो।

सम्मेलनमा विशेषतः तालिबानले सत्ता कब्जापछि अफगानिस्तानमा उत्पन्न परिस्थितिबारे व्यापक विचार–विमर्श हुन सक्ने जनाइएको छ।

सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने जनाइएको छ। अफगानिस्तानको मानवीय आवश्यकता, सुरक्षा स्थिति, आतंकवादविरुद्धको लडाइ र मानव अधिकारका विषय सम्मेलनमा रहेको मन्त्रालयले जनाएको छ।

सम्मेलनको अध्यक्षता इटलीले गर्ने छ। इटलीको निमन्त्रणामा मोदीले सम्मेलनमा भाग लिन लागेका हुन्। यसअघि प्रधानमन्त्री मोदीले गत महिना अफगानिस्तानको स्थितिबारे एससिओ सिएसटीओ (सामूहिक सुरक्षा सन्धि संगठन) आउटरिच शिखर सम्मेलनमा भाग लिएका थिए। त्यस क्रममा प्रधानमन्त्री मोदीले अफगानिस्तानमा हालै भएका घटनाक्रमको बारेमा चर्चा गर्दै यसले भारत जस्ता छिमेकी देशहरुमा सबैभन्दा ठूलो असर पार्ने बताउनु भएको थियो।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट मजदुर सुकुम्बासीहरु माथी सरकारले गरेको बर्बर दमन निन्दनीय छ – न्यौपाने
अगिल्लो पोस्ट भारतमा डेङ्गीका बिरामी बढ्दै, नियन्त्रण गर्न अभियान सुरु