कृष्णनगरमा देखिएको झाडापखलामा इकोली नामक किटाणु भेटियो

सांकेतिक तस्बिर ।
सांकेतिक तस्बिर ।
सेयर गर्नुहोस्
65Shares

कपिलवस्तु ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झाडापखाला प्रभावित क्षेत्रको पानीमा इकोली नामक किटाणु फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी झाडापखाला प्रभावित क्षेत्रको पानीको एउटा नमुनामा इकोली देखिएको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा मानिसको दिसामा पाइने इकोली नामको किटाणु फेला परेको उल्लेख छ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, विश्व स्वास्थ्य संगठन, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा नियन्त्रण, व्यवस्थापन तथा थप अनुसन्धान गरी उक्त प्रकोपको कारण तथा सम्भावित स्रोतको खोजी कार्य जारी रहेको पनि मन्त्रालयले जनाएको छ।

असोज १७ गते देखि कृष्णनगरको वडा नम्बर ७,८ र ९ का नागरिकहरु झाडापखलाको समस्या लिएर अस्पतालमा पुगेका थिए । त्यस यता झण्डै एक हप्ता विरामीको चाप अस्पतालमा बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयको टोलीले स्थलगत अध्ययन समेत गरेको थियो ।

प्रभावित क्षेत्रमा झाडापखाला तथा वान्ताका बिरामीको संख्या ६ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ । कृष्णनगर नगरपालिकाको ७, ८ र ९ मा फैलिएको झाडापखाला तथा वान्ताका कारण अहिले सम्म आइतबारसम्म बिरामी हुनेको संख्या ६८८ पुगेको मा सोमबार साँझ सम्म त्यो संख्या बढेर ७ सय ५ पुगेको स्वास्थ्य कार्यालय तौलिहवाले जनाएको छ । अस्तालमा उपचार गराउनेको संख्या २० जना मात्रै छन् । अन्यले अस्पतालबाट औषधी लिएर घरमै उपचार तथा आराम गरिरहेका छन् ।

अस्पतालमा उपचार गराईरहेकाहरु मध्ये केहीको तौलिहवास्थित कपिलवस्तु अस्पताल र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै केही बिरामीको कृष्णनगर नगरपालिकास्थित शिवराज अस्पतालमा पनि उपचार भइरहेको छ ।

कृष्णनगरमा देखिएको यो प्रकोप नियन्त्रणमा आएको पनि मन्त्रालयले दाबी गरेको छ। पानीको मुहानमा समस्या नभएको तर झाडापखलाको मुख्य कारण भने पानीमा मानिसको दिसा मिसिएकै कारण रहेको स्वास्थ्य कार्यालय तौलिहवाका फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताउनुभयो । अहिले भने अवस्था सामान्य हुँदै गएको पनि उहाँले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
अगिल्लो पोस्ट बुद्धभुमिमा बजार अनुगमन : सोमबार पनि भेटिए वर्षाै पुराना म्याद सकिएका सामान