३० लाख माओवादी बनाउने प्रचण्डको लक्ष्य, देशैभरि जिम्मेवारी हेरफेर (सूचीसहित)

सेयर गर्नुहोस्
86Shares

काठमाडौं

राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरण अभियानमार्फत करिब ३० लाख ९४ हजार १६८ संगठित सदस्य, सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य लिएको छ । पार्टीमा जिम्मेवारी नपाएका नेताहरूलाई जिम्मेवारी दिएर संगठनलाई सशक्त बनाउने माओवादीले निर्णय गरेको छ ।

असोज ६, ११, १२ र १३ गते सम्पन्न माओवादीको स्थायी कमिटी बैठकले केही नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि कपिलवस्तु इञ्चार्जको जिम्मेवारी दिइएका डोरप्रसाद उपाध्यायलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिइएको छ । विभिन्न प्रदेशका रिक्त पदाधिकारी र अन्य केही संगठनात्मक निर्णय पनि भएको छ । जसअनुसार प्रदेश नम्बर १ को सचिवमा हेमराज भण्डारी चयन भएका छन् भने प्रदेश २ को अध्यक्षमा प्रल्हाद बुढाथोकी र जोगबहादुर बर्बरिया यादव चयन भएका छन् ।

यस्तै, बागमती प्रदेशमा ईश्वरी प्रसाद भट्टराईलाई पनि सह इन्चार्ज बनाइएको छ । यसअघि हितबहादुर तामाङ, शशी श्रेष्ठ र सूर्य सुवेदी सहइञ्चार्ज थिए । यसअघि नै हितमान शाक्य इञ्चार्ज र नारायण दाहाल अध्यक्ष रहेको बागमती प्रदेशमा सचिवको जिम्मेवारी अञ्जना विशंखेलाई दिइएको छ । यसैगरी गण्डकी प्रदेशमा देवेन्द्र पराजुलीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र आइपुग्ने
अगिल्लो पोस्ट मनोज गजुरेलले मञ्जुसँग गरे बिहे, भन्छन्– ‘सुखदु:खलाई मिलेर स्वीकार र प्रतिकार गर्नेछाैँ’