वैज्ञानिक वन व्यवस्थापन लुम्बिनी प्रदेशको अध्यक्षमा थापा

राधा पाण्डे/कपिलवस्तु

बैज्ञानिक बन ब्यबस्थापन उपभोक्ता राष्ट्रिय महासंग नेपालले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय उपभोक्ता भेलाबाट वैज्ञानिक वन व्यवस्थापन लुम्बिनी प्रदेश महासंघ गठन गरेको छ । शनिबार आयोजित एक भव्य कार्यक्रमका बिच महासंघको गठन गरिएको थियो ।

लुम्बिनी प्रदेश संयोजक खेमनारायण अधिकारीको संयोजकत्वमा २७ सदस्यीय लुम्बिनी प्रदेश महासंघ गठन गरिएको छ । जसको अध्यक्षमा कपिलवस्तुु जिल्लाबाट दिपक थापा,उपाध्यक्षमा पूर्ण बहादुर मास्के (दाङ), कालिका अधिकारी (रुपन्देही), महासचिवमा होमबहादुर गुरुङ् (नवलपरासी), सचिवमा टोपबहादुर खड्का (बाँके) तथा कोषाध्यक्ष रजरानी थारु (बर्दीया) लगायतको २७ सदस्यीय समिती गठन गरिएको छ । नव निर्वाचित पदाधिकारीहरुलाई वैज्ञानिक नव व्यवस्थापन राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष रेनु सेन, वरिष्ठ सल्लाहकार जयप्रकाश पाण्डेय,सचिव डिल्लिराज रेग्मी लगायतले हार्दिक बधाई तथा शुुभकामना व्यक्त गरे ।

प्रतिक्रिया