बाटो मर्मतमा स्थानीयको अवरोध

सेयर गर्नुहोस्
196Shares

नुर मोहम्मद, कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ९ निग्लिहवाका स्थानीयले सडक निर्माणमा अवरोध सिर्जना गरेका छन् । कालोपत्रे मर्मत गर्न लाग्दा स्थानीले रोक लगाएका हुन ।

२०७७ सालमा करिब दुई किलोमिटर लम्बाई तथा पाँँच मिटर चौडई कालोपत्रे निर्माणहुँदा बाटो छेउछाउका घरको पर्खाल भत्काई बाटोको चौडाई १२ मिटर ६० सेन्टीमिटर भएको थियो । हाल उक्त बाटो चार मिटरको चौडाईमा कालोपत्रे बनाउने कार्य सुरु गर्दा स्थानीयले अवरोध गरका हुन । पाँचमिटरको चौडईमा कालोपत्रे हुनुपर्नेमा एक इन्च कटौतीगर्न नदिने चेतावनी स्थानियवासीको छ ।

वडा अध्यक्ष शिव वाग्लेका अनुसार क्षमता भन्दा बढीलोड गरेर बालुवा ढुवानी गर्दा उक्त बाटो एकै वर्षमा फुटेको देख्दा पुन ः मर्मत गर्न केन्द्रबाट दुई करोड चालिस लाख तथा कपिलवस्तु नगरपालिकाले मर्मतकोषबाट पन्ध्र लाख बजेट छुट्टाएको बताएका छन् । आईतबार बस्ने नगरकार्यपालिकाको बैठकमा यो समस्या मूख्य एजेण्डाको रुपमा छलफलपछि स्थानियवासी संगभेट गर्ने वडा अध्यक्ष वाग्लेले बताएका छन ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट इलाका प्रहरी कार्यालय पिपराद्धारा सार्वजनिक सुनुवाई
अगिल्लो पोस्ट अखिल छैठौं कपिलवस्तुको १८ औँ जिल्ला सम्मेलन सम्पन्न