इलाका प्रहरी कार्यालय पिपराद्धारा सार्वजनिक सुनुवाई

सेयर गर्नुहोस्
116Shares

राधा पाण्डे,कपिलवस्तु ।
जनताको सुरक्षा र समाजको शान्तिव्यवस्थालाई मजबुत बनाउन राज्यका सबै निकायको अहम भुमिका रहने कपिलवस्तुका प्रमूख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभएको छ । प्रहरीले मात्रै नभई समाजमा क्रियाशिल सबै संघ संस्था र व्यक्तिहरु पनि शान्तिव्यवस्था कायम राख्न अग्रसर हुनुपर्ने उहाँको भनाई छ ।

ईलाका प्रहरी कार्यालय पिपराले शनिबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यँक्रममा प्रमूख जिल्ला अधिकारी पाण्डेले इलाका भित्र हुने विभिन्न समस्याहरु निराकरण गर्न हरेकको भूमिका उल्लेखनीय भएको हुँदा जिल्ला प्रशासन, नगरपालिका, प्रहरी प्रशासन, नागरिक समाज, महिला अधिकारकर्मी, होटल व्यावसायी, मिडियाकर्मी लगायतको पारस्पारिक सम्बन्ध र सहयोगले अपराध न्यूनिकरण गर्न सकिने विचार व्यक्त गर्नुभयो । अहिले कपिलवस्तु जिल्लामा आफूले शान्तिसुरक्षा कायम गर्न सबैपक्षसँगको समन्वयमा जोड दिएको पनि उहाँले बताउनुभएको छ ।

कार्यक्रममा सहभागीहरुले उठाएका जिज्ञासा तथा प्रश्नहरुको उत्तर दिँदै वाणगंगा नगरपालिकाका नगर उपप्रमुख चक्रपाणी अर्यालले नगरमा शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । यस्तै अपराधहरु जति देखिन्छन् त्यती नै आफूहरु चनाखो हुनुपर्ने बताउँदै बाणगंगा नगरपालिकाका गम्भीर समस्याहरुलाई समाधान गर्न अनवरत रुपमा अगाडी बढीरहेको स्पष्ट पार्नुभयो । यस्तै ट्राफिक जामका विषयमा नगर सचेत रहेको साथै छाडा चौपाया र फोहोर व्यावस्थापनमा निरन्तर रुपमा अगाडी बढेको पनि उहाँको तर्क छ । छाडा चौपाया व्यावस्थापन गर्ने विषय गम्भीर रहेको र सबै छाडा चौपाय व्यावस्थापन गर्न सक्ने नगरपालिकाको क्षमता नभएकोले दूध खाने समयमा खाने र पछि छोडिदिने प्रवृत्ति भएका किसानहरुलाई नगरले कारबाही गर्ने परिपाटीको विकास गर्न लागेको बताउनुभयो ।

नागरिक आफै सचेत नभए नगरपालिकाको सबै बजेट खर्च गरे पनि समस्या समाधान नहुने उहाँको भनाई थियो । यस्तै उहाँले नगरपालिकाको न्यायिक समितिमा आएका मुद्दाहरु क्षेत्राधिकारभित्र रहेर हेर्ने गरिएको समेत उहाँले जानकारी दिनुभएको छ ।

कार्यक्रममा प्रहरी उपरिक्षक दानबहादुर कार्कीले लोकतन्त्रको चाहना अनुसार प्रहरी अघी बढेको र निरन्तर बढीरहने बताउनुभयो । जनताका हरेक समस्याहरुलाई उठान गनुर्् सार्वजनिक सुनुवाई कार्यक्रमको उद्देश्य भएकोले ती समस्याको समाधान गर्न प्रहरी कटीबद्ध रहने उहाँले प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । विश्वव्यापी भयावह रुपमा समस्याका रुपमा रहेको लागू औषध झ्याप्पै नियन्त्रण गर्न कठिन भएको र यसका लागि समय लाग्ने भएकोले २ वटा रणनीति लिएर प्रहरी अगाडी बढेको उहाँको भनाई छ । हत्या हिंसाका घटना तराईमा बढी देखिएको र घटना न्यूनीकरण गर्न लक्षित समूहलाई सचेतना बनाउने लक्ष्य लिएको साथै दुर्घटना न्यूनीकरण गर्न चालक आफै चनाखो हुनुपर्ने उहाँले जोड दिनुभयो ।

यस्तै शसस्त्र प्रहरीबल २८ नं. बाहिनी प्रमुख धु्रवकुमार कार्कीले चोरी तस्करी लगायतका घटना न्यूनीकरणका लागि प्रहरी प्रशासन हर तरहले लाग्ने भनाइ व्यक्त गर्नुभयो ।

कार्यक्रमको सहजीकरण गर्दै इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले २०७७।०७८ र २०७८।०७९ असोज सम्ममा प्रहरीले झै झगडा, चोरी शिकारी, मापसे कुटपिट, सवारी दुर्घटना,आत्महत्या, यौन दुव्र्यवहार लगायतका घटनाहरुको समपूर्ण विवरण पूस्तुत गर्नुभएको थियो । यस्तै संचार सुधार र कार्यलय व्यवस्थापनमा अग्रसर रहेको बताउँदै सडकका विभिन्न ठाउँमा सिसि क्यामेरा समेत जडान गरिएको र भावी योजना बृहत्तर रुपमा अगाडी बढाउने योजना सहित ई. प्र. का. मा ब्यारेक निर्माणका लागि वाणगंगा नगरपालिकाबाट रु. ५ लाख बजेट बिनियोजन भएको, प्रहरी चौकी मेचकुरी मर्मत सुधारको लागि रु. ५ लाख नगरपालिकाबाट विनियोजन भएको, प्रहरी चौकी मेचकुरीको कम्पाउण्ड वालको लागि रु. २ लाख २५ हजार विनियोजन भएसँगै निरन्तर अगाडी बढ्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी तुल्सीराम न्यौपाने, नारायण पाण्डे, नागरिक समाजका अध्यक्ष दोलकबहादुर पछाई, पार्वती आचार्य, चन्द्रकान्त न्यौपाने, लगायतले जनताका हरेक समस्या समाधान गर्न नगर र प्रहरी प्रशासन हातेमालो गर्न तत्पर रहनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा समाजसेवी, विभिन्न संघ संस्थाका पदाधिकारी, राजनीतिज्ञ, मानव अधिकारकर्मी, संचारकर्मी, बुद्धिजिवि लगायतको सहभागिता रहेको थियो भने प्र.ना.नि टुक बहादुर खत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट ईपीएल उद्घाटन खेलमा ललितपुर ७ विकेटले पराजित
अगिल्लो पोस्ट बाटो मर्मतमा स्थानीयको अवरोध