सरकारले नेपाल आउने विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकलाई कानुनबमोजिम अनअराइभल भिसा उपलब्ध गराउने भएको हो ।
भिसा प्राप्त गर्न विदेशी नागरिकले खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, उडानको चेक इन हुनुभन्दा ७४ घन्टाअघिको नेगेटिभ भएको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ । त्यस्तै नेपालमा होटल बुक गरेको प्रमाण, सीसीएमसीको वेबसाइटमा लगइन गरी अनलाइन फाराम भरेको प्रिन्टप्रति पनि उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।