काठमाण्डाै
पछिल्लो २४ घण्टामा एक हजार दुई सय ३९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार दुई सय ४३ नमुना परीक्षण गर्दा आठ दशमलव १२ अर्थात् एक हजार दुई सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएकासँगै नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७८ हजार सात सय ७६ पुगेको छ ।
यस्तै थप एक हजार तीन सय २४ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५६ हजार नौ सय ५४ पुगेको छ ।
यही अवधिमा थप १३ जना सङ्क्रमितको ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ७२ पुगेको छ ।
अहिले नेपालमा २० हजार सात सय ४३ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ४० जनाको आईसीयू र एक सय ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यस्तै २४ घण्टामा थप एक लाख ३८ हजार तीन सय ८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५८ लाख ६० हजार नौ सय जनाले पूर्ण मात्रा र ६२ लाख ९३ हजार जनाले पहिलो मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।