प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

k|ltlglw;ef a}7s cj?4 sf7df8f}F, @& ebf} M k|ltlglw;efsf] cfOtaf/sf] a}7sdf k|d'v k|ltkIf bn g]skf - Pdfn]_sf ;f+;bx?n] lj/f]w / gf/fafhL ub}{ tl:a/M /Tg >]i7 ÷/f;;
सेयर गर्नुहोस्
27Shares

काठमाण्डाै

प्रतिनिधि सभाको आज बिहीवारकाे बैठकले बजेटसम्बन्धी ‘आर्थिक विधेयक २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक २०७८’ लाई बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सांसदकाे नाराबाजीबीच यी दुई विधेयक पारित भएकाे हाे ।

अर्थ मन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक २०७८’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक यही असोज ११ गते दिउँसो २ बजे बस्नेछ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।