कोरोना महामारीकै बेला अर्को त्रास थपिएको छ, निपाह भाइरस । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महामारी ल्याउन सक्ने १० प्राणघातक रोगभित्र यसलाई राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले निपाहको जोखिम नेपालमा उच्च रहेको बताए ।
‘छिमेकी मुलुकमा संक्रमण पुष्टि भइसकेको छ । भारतबाट संक्रमित चमेरो, फलफूल खान नेपालको तराई आउन सक्छ,’ सहप्रवक्ता डा. अधिकारीले भने । फलफूल खाने फ्रुट ब्याट प्रजातिको संक्रमित चमेरोले यो भाइरस सार्ने पाइएको छ ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।