कांग्रेस अधिवेशन : कपिलवस्तुका ९६ वडामा असोज ७ मा हुने

सेयर गर्नुहोस्
50Shares

कपिलवस्तु ।
कांग्रेसको चौधौ महाधित्रेशन नजिकिदै जादा कपिलवस्तुमा पनि चुनावी सरगर्मी बढेको छ । गाउ देखि शहर सम्म तथा चोक चोकमा रहेका चिया पसल देखि सरकारी कार्यालय सम्म कांग्रेसकै चुनावको चर्चा चल्ने गरेको छ । क्रियाशील सदस्यको बिवाद टुंगीएसंगै कांग्रेसको कन्द्रिय कार्यालयले क्रियाशील सदस्यताको नामवली समेत पठाई सकेको छ ।

निर्वाचनकालागि केन्द्रिय प्रतिनिधि घनश्याम पन्त शनिवार नै कपिलवस्तु आई पुगेका छन । उनले निर्वाचन तोकिएकै तालिका अनुसार गराउन कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्य सहीत कार्य समितिसंग भेटघाट गरी आवश्यक परामर्श गरेको बताए । असोज ५ गतेकालागि ९६ वडाकालागि तोकिएको वडा अधिबेशन गराउन नै आफनो अहिले ध्यान केन्द्रित रहेको उनले बताए । उनले निर्वाचनतकालागि शिक्षक संघका सदस्यहरुसग आवश्यक छलफल गरी वडा अधिबेशन गराउन ९६ वटा शिक्षकको नामावली माग गरेको उनले बताए । ‘ लिस्ट पाए पछि वडा निर्वाचभन अधिकृतकारुपमा उनीहरुलाई आवश्यक निर्वाचन सामाग्री सहीत पठाउने छौ ’ उनले भने । वडा निर्वाचन कै बिषयमा आईतावार कांग्रेसको तौलिहवा स्थित पार्र्टी कार्यालयमा बैठक बसी समायोजन भएका सदस्यहरुको क्रियाशली सदस्यको लिस्ट आईतवार साझ सम्म आए असोज ५ मै वडा अधिबेशन गर्ने निर्णय भएको पार्टी सभापति सुरेन्द्रराज आचार्यले बताए ।

आईावार साझ सम्म समायोजनको लिस्ट नआए वडा अधिबेशन भदौ ७ गर्ते सहमिति भएको पार्टी सभापति आचार्यले बताए । कांग्रेसमा बिलय भएका राप्रपा, गच्छदार समुह, फोरमबाट पार्टी प्रबेश गरको सांसद अभिषेक प्रताप शाहको समायोजन गरिएको क्रियाशील सदस्यता नआउदा असोज ५ गते हुन वडा अधित्रेशनमा केही बाधा आएको हो । २३ सय ३६ जनाको अझै क्रियाशील सदस्यताको समायोजन लिस्ट आउन बाकी रहेको छ । समायोन बाहेकका अहिले सम्म जिल्लामा ५ हजार ३१० नया क्रियाशील तथा ५ हजार ६८६ क्रियाशील समस्या नबिवकरणको नामावली आई सकेको छ ।

नगर गाउ पालिका अधिबेशन असोज ९, प्रदेश क्षेत्रीय समितिको असोज १२, सघीय क्षेत्रीय समितिको असोज १५ र जिल्लाको निर्वाचन असोज १८ गतेकालागि तोकिएको छ । कपिलवसतुमा ६ नगरपालिका, ४ गाउपालिका, ६ वटा प्रदेश निर्वाचन क्षेत्र तथा ३ वटा संघीय निर्वाचन क्षेत्र छन । कांग्रेस सभापति आचार्य अनुसार निर्वाचनमा सहमितिको अधिबतमा प्रयास गरिने बताए ।

अधिकांस वडामा सहमति कै आधारमा समिति गठन हुने कांग्रेस नेताहरु बताउछन । जिल्ला सभापतिमा भने पुर्व सभापति राजेश आचार्य, सुधाकर पाण्डेय, अब्दुल कलाम खा, केशव कुमार श्रेष्ठ, लोकनाथ शर्मा, बिरेन्द्र मिश्रा, दुर्गा सेनको नाम चर्चामा छ । यधपि अध्यक्षमा लडन महाधिबेन प्रतिनिधि हुनु पर्ने भएकाले पनि अहिले नै अध्यक्षका उम्मेदवारले खुलेर आफनो नाम बाहिर ल्याएका छैनन ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।