ओमान १२१ रनमै अलआउट, सन्दीप र करणकाे ४–४ विकेट

सेयर गर्नुहोस्
54Shares

काठमाण्डाै –

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई एक सय २१ रनमा अलआउट गरेकाे छ ।

ओमानकाे अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे ओमान ३७ ओभर १ बलमा एक सय २१ रन बनाउँदै अलआउट भएकाे हाे । ओमानका लागि जेशान मक्सूदले सर्वाधिक ४१ रन बनाए ।

बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिँदा शरद भेषवाकरले दुई विकेट लिए । भेषवाकरले आजकाे खेलमा पहिलाे एकदिवसीय विकेट लिएका हुन् ।

यस शृङ्खलाअन्तर्गत पछिल्ला दुई खेलमा नेपालले राम्राे प्रदर्शन गर्न सकेकाे छैन । नेपाल ओमानसँग पाँच विकेट र अमेरिकासँग ६ विकेटले पराजित भएको थियाे ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।