सविधानको संशोधन अनिर्वाय मुद्धा हो : जसपा कपिलवस्तु

सेयर गर्नुहोस्
157Shares

कपिलवस्तु ।
संविधानको संशोधन हुनुपर्ने माग गर्दै आज जसपा नेपालले कपिलवस्तुमा अन्तरक्रिया तथा विरोध कार्यक्रम गरेको छ । जसपाले नेपालको संविधान २०७२ विभेदकारी रहेको र सर्वमान्य संविधान बनाउनका लागि संशोधन आवश्यक रहेको बताएको छ ।

मधेशी, आदीवासी, जनजाती, दलित, महिला,खस, मुस्लिम, थारु, अल्पसंख्यकले उठाएका माग संशोधन मार्फत सम्बिधानमा सम्बोधन हुनुपर्ने माग सहित अन्तरक्रिया गरिएको जसपा नेताहरुले बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टी कपिलवस्तु नेपालका अध्याक्ष शैलेन्द्र कुमार यादवले उत्पीडनमा परेका समुदायले हाम्रो संविधान ,राम्रो संविधान को अनुभुति नगर्नुजेल सम्म हाम्रो संघर्ष जारी रहने बताउनुभएको छ । कपिलवस्तु तौलिहवामा नेपालको संविधान २०७२ संसोधन विषयक अन्तरक्रिया तथा विरोध कार्यक्रममा अध्यक्ष यादवले सो कुरा बताउनुभयो । जब सम्म उत्पीडनमा रहेका मधेशी, आदिवासी, थारु, मुस्लिम पिछाड वार्ग लगाएत समुदायले आफ्नो संविधान हो भनेर महशुस गर्दैनन, तबसम्म हाम्रो पार्टीको संघर्ष जारी रहन्छ’ उहाले भन्नुभयो । संविधानमा प्राप्त भएका उपलब्धिको संस्थागत गर्दै जनता समाजवादी पार्टीले संविधान संशोधनको माग नछोड्ने उहाको भनाइ रहेको छ ।

केही मुठीभर व्यक्तहरुले असोज ३ गते जारी भएको अपुर्ण संविधानको अवासरमा संविधान दिवस मनउदै छन, दिपावली गरिरहेका छन त्यो एदमै दुर्भग्य पुर्ण र दुःख को कुरा भएको उहाँले बताउनुभएको छ । जसपा नेपालले मधेशको मुद्दा कहिले नविर्सेको र कहिले पनि नविर्सेने बताउनु भएको छ । प्रहरी दमनको शिकार भई घाइते भएकाहरुलाई पनि आफूले नभुलेको बताए । प्रहरी, सैन दमनबाट हामीहरुलाई असोज ३ गते संविधान हामीलाई लदिएको उहाँले अरोप लागउनु भयो । जसपा नेपाल कपिलवस्तुले जिल्लाको तौलिहवा र शुद्धोधन गाउँपालिकाको हत्तिहवामा नेपालको संविधान २०७२ संसोधन विषयक अन्तरक्रिया तथा विरोध कार्यक्रम गरेको छ ।

नेपालको संविधान २०७२ संसोधन विषयक अन्तरक्रिया तथा विरोध कार्यक्रमबाटै नेपाली काँगे्रस पार्टी परित्याग गरि समजसेवी पुर्व प्र.अ सल्किराम बराई, ने.क.पा मार्सवादीका केन्द्रय सदस्य नर बहादुर सिरिष लगायतको नेतृत्वमा दर्जनौ नेता कार्यकर्ता जसपा नेपालमा टिका माला लगाई जसपा कपिलवस्तुका अध्याक्ष शैलेन्द्र कुमार यादवले प्रवेश गराएका थिए । सोही कार्यक्रम बोल्दै दानबहदुर चौधारी, नरायण खनाल, अबदुल रशिद खाँ , बजरंगी चौधारी,सन्दीप पाण्डेय लगायतले उत्पीडनमा रहेका मधेशी, आदिवासी, थारु, मुस्लिम पिछाड वार्ग लगाएत समुदायको हक अधिकारको लागि संविधान संसोधन गर्न माग गर्नुभएको थियो ।

कार्यक्रममा जसपा केन्द्रिय अनुशासन विभाग प्रमूख नरसिँह चौधरीको प्रमूख आतिथ्यता सहित केन्द्रिय सदस्य नारायण खनाल, लुम्बिनी प्रदेश उपाध्यक्ष डा. अब्दुल रसिँद खाँ, प्रदेश सदस्य सन्दीप पाण्डे, मेघनाथ पाध्या, लगाएतका नेताहरुले संविधानको संशोधन अपरिहार्य रहेको र संविधान संसोधन नहुँदा सम्म मधेसका जनताको अधिकार स्थापित नहुने बताएका छन् । संविधानको रक्षा र कार्यान्वयनका लागि तराईका जनताको पनि कर्तव्य रहेका कारण उनीहरुको अधिकारलाई पनि संविधानमा उल्लेख गरिनुपर्ने जसपा नेताहरुले बताएछन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।