नेकपा मसालका जेष्ठ सदस्य गुरुङको १०४ वर्षको उमेरमा निधन

सेयर गर्नुहोस्
9Shares

रिसव आचार्य बुटवल ।  नेकपा मसालका जेष्ठ सदस्य तथा बरिष्ठ वामपन्थी नेता खगुलाल गुरुङको निधन भएको छ । १०४ वर्षीय गुरुङको आइतबार बिहान करिब ८ बजे बुटवलमा उपचारका क्रममा निधन भएको हो ।

नेता गुरुङलाई कोरोना पोजिटिभ देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइरहनुभएको थियो । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि गएको बुधबार बुटवल ल्याइएको थियो ।

राष्ट्रिय जनमोर्चाले उहाँको शवलाई सम्मानका साथ बुटवलबाट प्युठान लैजाने तयारी गरेको छ । प्युठानको गौमुखी गाउँपालिका–७ कोइरा निवासी गुरुङको भोलि (सोमबार) अन्त्येष्टि गरिने राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नारायण जिसीले जानकारी दिनुभयो ।

नेकपा (मसाल) मा आवद्ध रहेर नेपालको कम्युनिष्ट आन्दोलनलाई महत्वपूर्ण योगदान पुर्याउनुभएका गुरुङले यही भदौ २५ गते आफ्नो १०४ औँ जन्मदिवस मनाउनुभएको थियो

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।