तार चुडिएर करेन्ट लाग्दाँ कपिलवस्तुमा ४ वटा भैंसी मरे

कपिलवस्तु
कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका अन्तर्गत वडा नं.३ दुवियामा करेन्ट लागेर ४ वटा माउ भैंसी मरेका छन् । स्थानीय पवित्रा गैरे, पुरोत्तम गैरे, विष्णु खनाल र चोपलाल बेल्वासेका ४ वटा माउ भैसी घटना स्थलमै मरेका हुन् । रेसिडेन्सीयल बोर्डिङ स्कुलको बसले विधुतको तार चुडाएपछी जंगल लैजादै गरेका भैसीलाई करेन्ट लागेको स्थानियको भनाई छ ।

विधुतको लापरर्वाहीका कारण तार तल झुण्डिएको लामो समय हुदाँ समेत ध्यान नदिएको र अहिले परिणम स्वरुप यो अवस्था आएको भन्दै स्थानीयले आक्रोस व्यक्त गरेका छन् ।

आफुहरुले पटक पटक तारको व्यवस्थापन गर्न आग्रह गर्दै आएको तर विद्युत कार्यालयको नटेरेको समेत स्थानियले आरोप लगाएका छन् । ।

प्रतिक्रिया