गृह पृष्‍ठ खबर बुटवलकाे जितगढीमा माेटरसाइकल दुर्घटना,दुईको अवस्था गम्भीर

बुटवलकाे जितगढीमा माेटरसाइकल दुर्घटना,दुईको अवस्था गम्भीर

सेयर गर्नुहोस्
59Shares

बुटवल । पुर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवलको जीतगढीमा सवारी दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् ।बुटवल–१३ जीतगढी नजिकै भएको दुर्घटनामा परी रुपन्देहीको कञ्चन गाउँपालिकाका ५९ वर्षिय लोकराज बुजेल र उनका श्रीमती ५६ वर्षीया उमादेवी गम्भीर घाइते भएका छन् ।

बुटवलतर्फ आइरहेको उनीहरु सवार लु ४५ प २८५७ नम्बरको मोटरसाइकललाई पश्चिमतर्फ गइरहेको ना १ क ८९१५ नम्बर ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनापछि घाइतेहरुलाई बुटवलको चौराह अस्पतालमा उपचारका लागि पठाइएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट गुल्मीमा ३ वर्षीया बालिका मृत फेला
अगिल्लो पोस्ट एमालेसँग एक्लै चुुनाव लड्ने हिम्मत कोहीसँग छैन : नेता रायमाझी