गृहमन्त्रीको सहयोगमा प्रहरीमा नाम निकालेको बताउने युवक पक्राउ

प्यूठान ।
गृहमन्त्री र जिल्ला उपसभापतिको सहयोगमा प्यूठानका ११ जनाले प्रहरीमा नाम निकाल्न सफल भएको हल्ला फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्यूठानको ऐरावती गाउँपालिका–१ का ३० वर्षीय नरेन्द्र गुरुङले फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्री बालकृष्ण खाँड र नेपाली कांग्रेस प्यूठानका उपसभापति बद्रि लम्सालको सहयोगमा प्यूठानबाट ११ जनासहित देशभरका ४१ जनाको नाम नेपाल प्रहरीमा निस्कन सफल भएको भन्दै धन्यवाद दिएका थिए । गुरुङको स्टाटसपछि गृहमन्त्री खाँड र जिल्ला उपसभापति लम्सालको चौतर्फी विरोध भएको थियो ।

गुरुङलाई अभद्र व्यवहार कसुरमा पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । नेपाली कांग्रेस प्यूठानले पनि विज्ञप्ति निकालेर लोकसेवाले लिने परीक्षामा गृहमन्त्री र कांग्रेसका जिल्ला उपसभापतिको नाम मुछेको भन्दै गम्भीर आपत्ति जनाएको थियो ।

उपसभापति बद्रि लम्सालले कांग्रेसको महाधिवेशन आउँदै गर्दा आफूलाई बदनाम बनाउने उद्देश्यले गुरुङले हल्ला फैलाएको बताएका छन् ।

प्रतिक्रिया