शिक्षकको उपचारका लागि छुट्टै अस्पताल बनाइने

काठमाण्डौ । सरकारले शिक्षकहरूको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल स्थापना गर्ने भएको छ ।

अर्थ मन्त्री जनार्दन शर्माले संसदमा पेस गर्नुभएको बजेट प्रतिस्थापन विधेयकमा शिक्षकहरूको उपचारका लागि छुट्टै अस्पताल स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

निजामती कर्मचारी, प्रहरी र सेनाका लागि छुट्टै अस्पताल भए पनि आफूहरूको लागि नभएको भन्दै शिक्षकहरूले छुट्टै अस्पताल स्थापनाको माग गर्दै आएका थिए ।

प्रतिक्रिया