अर्घाखाँची जिल्लाभरका अभिभावकहरुद्धारा विद्यालय खोल्न माग

अर्घाखाँची

अर्घाखाँची जिल्लामा लामो समय विद्यालय बन्द भएको भन्दै स्थानीय तहका अभिभावकहरुले विद्यालय खोल्न माग गरेका छन् ।

लामो समय विद्यालय जान नपाएपछि पठनपाठनको मेलो नै बालबालिकाले बिर्सन थालेको भन्दै जिल्लाभरका अभिभावकहरुले विद्यालय खोल्न माग गरेका हुन् ।

जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा कोरोना संक्रमण घट्दै गएको र स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न उनिहरुले माग गरेका छन्् ।

मालारानी – ४ खनका अभिभावक हरि भुसालले अब नयाँ शैक्षिक सत्रको पठनपाठन गर्ने गरी सम्पूर्ण विद्यालय सञ्चालन गर्नुपर्छ, उनले संक्रमण न्यूनीकरण कसरी हुन्छ, त्यसरी नै पढाइ गर्न जरुरी रहेको बताए ।

जिल्लाका सबै पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले पनि अवस्थाको विश्लेषणअनुसार नै पठनपाठनलाई अघि बढाउने तयारी गरिरहेको बताएका छन् ।

सरकारले विकल्पसहित पढाउन भने पनि अर्घाखाँचीमा अनलाइनमार्फत पढाउन निकै कठिन छ । सिमलपानीका अभिभावक हरि नेपालीले विपन्न अभिभावकले अनलाइन कक्षामा सहभागी गराउन नसक्ने, विद्यालयले पनि त्यसरी पढाउने वातावरण नभएको बताउँछन् ।

यहाँका सामुदायिक विद्यालयले अनलाइन कक्षा चलाउन सम्भव छैन, विद्यालय आफैँ सुविधासम्पन्न छैनन्”, उनी बताउँछन् “अभिभावक कतिपयका त मोबाइल नै छैन, कहाँबाट इन्टरनेटको पहुँमचा पुग्नु विद्यार्थीको भविष्य अन्धकारतर्फ जाँदैछ ।

उता जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले भौतिक उपस्थिति हुने गरी पठनपाठन नगर्न, कोचिङ तथा ट्युशन सेन्टर नचलाउन निर्देशन दिएको छ ।

जिल्लामा दोस्रो पटक गत वैशाख २१ गते मंगलवारदेखि निषेधाज्ञा जारी छ । जारी निषेधाज्ञा फेरि १३ औं पटक आगामी भाद्र १८ गते शुक्रबारसम्म थपिएको छ ।

प्रतिक्रिया