कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डाै

सरकारले श्री कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले भदाै १४ गते सोमबारका दिन परेको जन्माष्टमीको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै गाईजात्रा दिन काठमाण्डाै उपत्यकामा मात्र सार्वजनिक बिदा दिइँदै आएकाेमा देशभरका नेवार समुदायलाई बिदा दिने सरकारले निर्णय गरेकाे छ ।

प्रतिक्रिया