कपिलवस्तु ।
नेकपा एमाले कपिलवस्तु अन्तरगत शनिबार बाणगंगा नगर कमिटिको भेला शिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । नेकपा एमालेको स्थायी कमिटीको प्रस्तावमा केन्द्रिय कमिटिबाट पारित भई तल्लो तहमा पठाइएको विधान संशोधन मस्यौदा माथि छलफल तथा पार्टी सदस्यता नविकरण र समसामयिक राजनितिक छलफल एवम् अन्तक्रिया सहित सो भेला सम्पन्न भएको एमाले नगर कमिटिले जनाएको छ ।
सम्पन्न भेलामा बाण्गांगाका ११ वटै वडाबाट नेकपा एमालेका ४ हजार २ सय ४१ संगठित पार्टी सदस्यहरु मध्ये ३ हजार ९ सय पाटी सदस्यको नविकरण भएको विवरण वडागत रुपमा नगर संगठन विभागका प्रमूख विष्णु गिरीले जानकारी गराउनुभएको थियो । त्यस्तै बाकीँ रहेका ३ सय सदस्यहरुको नविकरण आगामी तीन दिन भित्र गरिसक्नु पर्ने भेलाले. निर्णय गरेको पनि गिरीले जानकारी दिनुभयो ।
भेलामा नेकपा एमाले बाणगंगा नगर कमिटी अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता सहित एमाले केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्र्चाज गिरीधारीलाल न्यौपानेको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रममा एमाले केन्द्रिय कमिटी सदस्य तथा जिल्ला कमिटी इन्चार्ज एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, संविधान सभा सदस्य तथा प्रदेश कार्यालय सचिव बलराम अधिकारी, जिल्ला अध्यक्ष झविलाल पोख्रेल, जिल्ला सह संयोजक डम्मर शर्मा, पार्टी नेता जंजिर प्रसाद चौधरी, संविधान सभा सदस्य बिश्राम थारु, नेता दोर्णलाल सुवेदी, बाबुराम आचार्य, चक्र अर्याल, जिल्ला सचिव धर्म भुषाल लगाएतको उपस्थिति रहेको थयो ।
यस्तै नेकपा एमाले बाणगंगा नगर कमिटी सचिव एवम् बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीको संचालन रहेको भेलामा बाणगंगा नगर भित्रका एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यहरु, एमालेका जिल्ला कमिटि सदस्यहरु, वडा कमिटिका इन्चार्ज तथा अध्यक्षहरु , नगर कमिटि पदाधिकारीहरु समेतको उपस्थिति रहेको थयो ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।