साउन १६ बाट पूर्ण लकडाउन : अर्घाखाँची

अर्घाखाँची संवाददाता

अर्घाखाँचीमा साउन १६ गते राति १२ बजेदेखि पुर्ण रुपमा लकडाउन गरिने भएको छ । जिल्ला भित्र कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्ण रुपमा लकडाउन गर्ने निर्णय भएको बताइएको छ ।

दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्ण रुपमा लकडाउन गर्नका लागि जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीको बैठकले निर्णय गरेको जिल्ला प्रमुख अधिकारी विष्णु पौडेलले बताएका छन् ।

जिल्लामा अत्यावश्यक बाहेक यातायात, बैंक तथा वित्तिय संस्था लगायत अन्य सबै क्षेत्र पूर्ण रुपमा बन्द हुने निर्णय भएको छ ।

अत्यावश्यकका पसल बिहान ६ बजेदेखि ९ बजेसम्म स्वास्थ्यका मापदण्ड पालना गरी मात्र खुल्ने जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीको बैठकले निर्णय गरेको छ । जिल्लामा हाल पाँच सय १९ जना संक्रिय संक्रमित रहेका छन् । अर्घाखाँचीमा कोरोनाबाट हालसम्म ७२ जनाको मृत्यु भएको छ ।

साउन १६ गते देखि लागु हुने पुर्ण लकडाउन साउन ३० गते राति १२ बजे सम्म लागु हुनेछ ।

 

प्रतिक्रिया