युवाहरुको मार्चपास वा ब्लाकमेलिङ ?

सेयर गर्नुहोस्
65Shares

नारायण खनाल/विचार ।
देशमा २०४६ को राजनैतिक परिवर्तन पछि राष्ट्रिय एकता ,लोकतन्त्रको प्रवद्र्धन, सुशासन र बिकासको झिनो आसा गरिएको थियो । तर, नेपाली काङ्गेस र नेकपा (एमाले ) ले त्यो प्रयोजनको निम्ति आबस्यक पर्ने राज्यको उपरी संरचना र आधारको बस्तुबादी ढङ्गले निर्माण गर्ने तप्परता देखाउन सकेन बरु तिनै युद्धको प्रयोजनको निम्ति खडा गरेका आफ्ना भिमकाय फौजि र गैर फौजि तर, अर्ध भुमिगत चरित्र बोकेका अनुशासनहीन, आवारा , अराजनीतिक संङ्गठनहरु लाई नै निरन्तरता दियो ।
त्यसको परिणामस्वरूप देशमा पुनः राष्ट्रिय एकता ,लोकतन्त्रको प्रबर्द्धन, सुशासन र बिकासको नेपाली जनताको उत्कट चाहाना मृर्ग तृष्णा बनेर रहयो । साराका सारा जनता राज्य आतंक र सामाजिक असुरक्षाको सिकार भए । फेरि नयाँ परिस्थितिमा उक्त समस्या समाधानार्थ : तत्कालीन नेकपा ( माओबादी )को नेतृत्वमा दश बर्षे जनयुद्ध भयो र त्यसको परिणामस्वरूप देशमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको भएता पनि त्यस प्रकारको युद्धको प्रयोजनका निम्ति गठन गरिएका भुमिगत र अर्धभुमिगत चरित्रका संङ्गठनहरुको लाइनमा एउटा अर्को संङ्गठन थपियो र त्यसको संख्या तीन हुन पुग्यो । दलहरुले नयाँ परिस्थितिमा ती संङ्गठनहरु लाई बिघठन गर्ने वा त्यस प्रकारका संङ्गठनहरु लाई राजनैतिक संङ्गठनमा रुपान्तरण गर्ने तप्परता देखाउन सकेनन/ चाहेनन ।
त्यसको परिणाम : ओलि राजको चार बर्ष पुग्दा नपुग्दै नै बव्यवस्था नै इतिहासकै अभुत पुर्ब राजनैतिक संकटको बिच बाट गुज्रिरहेको छ । उपरोक्त प्रकारको पृष्ठभूमिमा पुनः फेरि देशको शिक्षित,अर्ध शिक्षित ,अशिक्षित बेरोजगार युवा / युवतीहरुको न्यून राजनैतिक चेतन स्तरको फाइदा उठाउदै उनीहरुको इमोशनल ब्यालेक्मेलिङ्ग गर्ने र विभिन्न नाम बाट भुमिगत/ अर्ध भुमिगत चरित्रका संङ्गठन पुनः ब्युत्याउने वा पुनः गठन गर्ने र देशका ठुला सहर हरुमा दिन देहाडै मार्चपास गराउनुको मुख्य उदेश्य स्पष्ट छ :
मुलुकमा पुनः डर, त्रास, भय, आतङ्कको बाताबरण कायम गरि जनमत श्रृर्जना गर्ने , भौतिक शक्ति आर्जन गर्ने र आफ्नो दुरासय युक्त मनशाय सहितको शत्ता तृष्णा पुरा गर्नु नै हो भन्ने कुरामा सबै समयमै सजग हुन जरुरी छ ।
निष्कर्ष :
अब हामीलाई फौजि / अर्ध फौजि ,भुमिगत/ अर्ध भुमिगत चरित्र ,बिशेषता ,गुण र बोकेका संङ्गठन मात्रै होइन,सरकार र दलको बीचमा बसेर बिचौलियाको काममा सक्रिय संङ्गठनहरु समेत चाहिएको छैन । अबको आबस्यकता भनेको बलियो राष्ट्रिय एकताको प्रबर्द्धन गर्न सक्ने ,लोकतन्त्रको प्रबर्द्धन गर्न सक्ने ,सुशासन कायम गर्न सक्ने ,आर्थिक सम्बृर्द्धिधको मार्ग चित्र कोर्न र लागू गर्न सक्ने संङ्गठनको खाचो छ ।
लेखक ः जसपा नेपालका केन्द्रिय सदस्य हुन ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।