बीपीको पुर्ख्यौली थलोमा ‘पोल्टिक्स टुरिजम’

52

सिन्धुली

सिन्धुलीको सुनकोसी गाउँपालिका–१ धरिनडाँडा दुम्जालाई ‘पोल्टिक्स टुरिजम’ क्षेत्रका रूपमा विकास गर्न थालिएको छ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला) को पुर्ख्यौली थलो दुम्जामा १ सय ७८ रोपनी क्षेत्रफलमा ५० करोड रुपैयाँको लागतमा ‘बीपी स्मृति पार्क’ निर्माण गरेर उक्त क्षेत्रलाई ‘पोल्टिक्स टुरिजम’ क्षेत्रका रूपमा विकास गर्न थालिएको हो।

बीपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालाको जन्मघर तथा युवा उमेर बिताएको धरिनडाँडाको १ सय ७८ रोपनी क्षेत्रफलमा गुरुयोजना बनाएर नेपाली राजनीतिक इतिहासका लागि ‘पोल्टिक्स टुरिजम’ को काम सुरु गरिएको सिन्धुली क्षेत्र नम्बर २ का संघीय सांसद हरिबोल गजुरेलले बताए।

नेकपा माओवादीका नेतासमेत रहेका सांसद गजुरेलका अनुसार दुम्जालाई संघीय सरकारको नियमित बजेटमार्फत पोल्टिक्स टुरिजम क्षेत्रका रूपमा विकास गर्न लागिएको हो। धरिनडाँडा मकवानपुरका सेन  राजाबाट काजी दामोदर कोइरालाले खान्की बिर्ताका रूपमा पाएका थिए। ‘तिनै कोइराला परिवाकार बीपी, मातृका, गिरिजा र सुशील कोइराला नेपालको प्रधानमन्त्री भए। यो नेपाली राजनीतिको एउटा महत्वपूर्ण इतिहास हो। त्यसैले यस क्षेत्रलाई हामीले नेपाली राजनीतिको इतिहास अध्ययन अवलोकनलाई समेत सहयोग पुग्ने गरी बीपीको स्मृतिसहित ‘पोल्टिक्स टुरिजम’ को सुरु विकास गर्न लागिएको हो,’ उनले भने।

अन्नपूर्ण पोस्टमा यो समाचार छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।