योगेश भट्टराईको पहलमा कमडी च्याम्पियनका प्रतिस्पर्धी भरतमणिलाई ६ लाखको पुरस्कार

67

काठमाडौं

स्ट्यान्डअप कमेडी शो कमडी च्याम्पियन सिजन–२ का प्रतिस्पर्धी भरतमणि पौडेललाई छ लाख रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको छ । पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद् योगेश भट्टराईको संयोजनमा उक्त पुरस्कार घोषणा गरिएको हो ।

भट्टराईले व्यक्तिगत रुपमा एकलाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख तथा रेडियो तमोरको तर्फबाट एकलाख रुपैयाँ गरी छ लाखको पुरस्कार घोषणा गरिएको हो ।
उक्त पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिने जनाइएको छ ।

ताप्लेजुङका कलाकार पौडेल अहिले कमेडी च्याम्पियनको टप ६ मा प्रतिस्पर्धारत छन् । जिल्लाको उदाउँदो कलाकारलाई प्रोत्साहनस्वरुपे पुरस्कार घोषणा गरिएको सांसद भट्टराईले बताएका छन् ।

उनकै संयोजनमा काठमाडौंमा उपलब्ध ताप्लेजुङका संघ–संस्थाका प्रतिनिधीहरुको भेलामा उनले जिल्लाबासीका नाताले सबैले पौडेललाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए । भट्टराईले जिल्लाका विभिन्न क्षेत्रका प्रतिभा तथा कलाकारहरुलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम पुरस्कार र अक्षय कोषसमेत स्थापना गर्दै अएका छन् ।

कलाकारिताको सम्मान गर्न सकियो भने संस्कृतिको सम्मान हुने धारणा राख्दै नव प्रतिभालाई अघि बढ्ने वातावरण बनाउन सदैव अग्रसर हुने उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।