अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै छ : नेता नेपाल

काठमाण्डाै

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा पार्टीका २३ सांसदको हस्ताक्षर कायमै रहेको बताउनुभएको छ । एमाले कार्यदलमा १० बुँदे सहमति भएको भोलिपल्ट आज फेसबुकमार्फत नेता नेपालले सहमति विपरीत गलत व्याख्या भएको भन्दै हस्ताक्षरमा दृढ रहेको उल्लेख गर्नुभएको हो ।

उहाँले कार्यदलमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरीत भएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

हिजो १० बुँदे सहमति भएलगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा स्टाटस लेख्दै अब शेरबहादुर देउवालाई १२३ जनाको मात्र समर्थन बाँकी रहेको तथा सर्वोच्चले संसद पुनःस्थापना र प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिन नसक्ने दाबी गर्नुभएको थियो ।

प्रतिक्रिया