भारतको गाउँमा ८०० किलो गोबर चोरी भएपछि हंगामा

38

एजेन्सी

भारतको छत्तीगिढ राज्यमा रहेको धुरेना गाउँबाट ८०० किलो गोबर चोरी भएपछि चोरहरूको व्यापक खोजतलाश गरिँदैछ ।  गाउँलेहरूले आफ्नो भण्डारबाट त्यति धेरै गोबर चोरी गरिएको गुनासो प्रहरीसमक्ष गरेका थिए ।

राति आएर चोरहरूले गोबर उडाएका थिए ।

‘हामीले केही आरोपितहरूलाई सोधपुछ गरेका छौं तर कसैलाई पक्राउ गरिएको छैन,’ स्थानीय प्रहरी अधिकृत हरीश तान्डेकरले बताए ।

यति धेरै गोबर कसरी चोरी गरेर चोरहरूले लान सके अनि किन चोरेका हुन् भन्ने स्पष्ट नभएको उनले थपे ।
कम्पोस्ट मल नबाउनका लागि छत्तीसगढ सरकारले प्रतिकिलो दुई भारुका दरले किसानहरूबाट ताजा गोबर किन्ने गरेको छ ।

हालैका वर्षमा धेरै भारतीय राज्यहरूले किसानहरूलाई प्रांगारिक खेतीका लागि गोबर बेच्न उत्प्रेरित गरिरहेका छन् ।
 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।