कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको नीति तथा कार्यकम पारित

सागर पौडेल ,कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको आर्थिक बर्ष २०७८।८९ को नीति तथा कार्यकम सर्वसम्मत बाट पारित भएको छ । १० पालिका रहेको जिल्लामा यस बर्ष नीति तथा कार्यक्रम पारित गर्ने बुद्धुभमी दोश्रो भएको छ ।

यस अघि बाणगंगा नगरपालिकले नीति तथा कार्यक्रम पारित गरी सकेको छ । आइतबार गोरुसिगेंमा आयोजित नवौं नगर सभामा नगर प्रमुख केशव कुमार श्रेष्ठले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको हो ।

नगरपालिकाले आगामी आर्थिक बर्षमा नगर स्तरिय सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना बनाएको छ । उपचारको लागि नगरपालिका भित्र सुविधा सम्पन्न  सरकारी तथा निजि अस्पताल नभएको कारण नगर भित्र पालिका स्तरिय अस्पताल निर्माण गर्ने कार्यक्रम तय गरेको छ ।

22222222222.jpg

त्यस्तै विभिन्न निकाय सम्म सहकार्य गरी १ मेगावाट सम्मको सोलार प्लाण्ट उत्पादन समेत गर्ने योजना पारित गरेको छ । सभामा नीति पेश गर्दै नगर प्रमुख श्रेष्ठले शिक्षा क्षेत्रमा प्रत्यक वडा वाट विपन्न तथा पछाडी पारिएका छात्राहरुलाई उच्च शिक्षाको लागि ३ वर्ष सम्म निशुल्क अध्ययन गर्ने व्यवस्था गरेको बताउनुभयो ।

नगर प्रमुख र उप प्रमुखले माध्यामिक तहमा अध्ययन गर्ने विद्र्याीहरुको लागि करियर काउन्सेलिङ कार्यक्रम समेत संचालन गर्ने भएको छ । त्यस्तै स्नातक अध्ययन गर्ने फरक क्षमता भएका विद्यार्थीलाई ४० प्रतिशत ल्यापटप खरिदको लागि अनुदान दिने व्यवस्था पनि मिलाएको छ ।उता नगरपालिकाले सुविधा सम्पन्न तथा सूचना मैत्री वडा कार्यालय, कृषिमा पकेट विकास कार्यक्रम जस्ता योजना समेत समावेश गरिएको छ ।

त्यस्तै समयमै काम सम्पन्न गर्ने वडालाई प्रोत्साहन स्वरुप थप १० लाखको योजना समेत दिने योजना रहेको छ । विपद् व्यवस्थापनको लागि वडा स्तरिय विपद् कर्नर समेत स्थापना र व्यवस्थान र संचालन गर्ने भएको छ ।

सभामा वोल्दै नगर प्रमुख श्रेष्ठले बनाइएका नीति अनुसार कार्य सम्पन्न र कार्यान्वनमा सबै कर्मचारी, जनप्रतिनिधि तथा समुदायलाई आग्रह समेत गरेका छन् । नगरको विकास निर्माणको काममा कलम चलाउने २ जना पत्रकारलाई २० हजारका दरले पुरस्कार दिने समेत ब्यवस्था गरेको छ ।

सो अवसरमा नगर उप प्रमुख मिरा थारुले पेश गरेको बुद्धभूमीका विनियोजित ऐन २०७८, आर्थिक ऐन २०७८ र नगरपालिकाको दररेट समेत पारित भएको छ । साथै सभामा बार्षक रुपमा सम्पन्न योजनाहरुको बारेमा प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले प्रतिवेदन पेश गरेका थिए । चालु आर्थिक बर्ष नगरपालिकाले कोरोनाबाट मृत्यु भएका ६ जनाका परिवारलाई जनही २० हजारका दरले रकम उपलब्ध गराएको छ ।

प्रतिक्रिया