झिमरुकमा आएको बाढीका कारण पक्की पुल भत्कियो

प्‍युठान । प्युठानको ऐरावती गाउँपालिका(१ र अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं ७ जोड्न झिमरुक नदीको पक्की पुल बाढीले भत्काएको छ ।

रु।सात करोड १३ लाखका लागतमा माझीदमारमा पुल निर्माणाधीन थियो । सडक डिभिजन कार्यालय इन्जिनियर अरुण केसीका अनुसार अमर कन्ट्रक्सन प्राली काठमाडौँले निर्माणको जिम्मा पाएको थियो ।

विसं २०७३ पुसमा सम्झौता भइ गत असार २८ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । सत्तरी मिटर लम्बाइ रहेको पुलको ३५ मिटर स्लाब यसअघि नै सम्पन्न भएको थियो । बाँकी ३५ मिटर लम्बाइको स्लाब ढलान चार दिनअघि सम्पन्न भएको जनाइएको छ ।

 

प्रतिक्रिया