नगरको विकासमा ध्यान नपुगेको लक्ष्मणघाट शवदाह स्थल

सागर पौडेल,कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित लक्ष्मणघाट शवदाह स्थल आवश्यक व्यवस्थापन हुन नसक्दा अहिले शवको अन्त्यष्टिमा समस्या उब्जिएको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित बाणगंगा र कोईली नदीको दोभान क्षेत्र लक्ष्मणघाटमा लामो समय देखि शवको अन्त्यष्टि हुदैँ आएको छ । यद्यपी सो स्थलमा हिउँदको तुलनामा वर्षायाममा आउने बाढी र वर्षाका कारण शवको अन्त्यष्टिमा समस्या हुने गरेको हो । मंगलबार परेको अविरल वर्षा पछिको बाढीका कारण लक्ष्मणघाटमा पानीमाथि तैरिदै गरेको अवस्थामा एक शवको अन्त्यष्टि भएको थियो ।
बाणगंगा नगरपालिका वडा नम्बर ६ र ७ को सीमा क्षेत्रमा पर्ने लक्ष्मणघाट शवदाह स्थलमा मंगलबार एक दृश्यले निकै कहालीलाग्दो अवस्था देखाइरहयो । झयाप्प हेर्दा कुनै चलचित्रको दृश्य जस्तै देखिने यो तस्बिरले निकै ठुलो पीडा देखाई नगरलाई गिज्जाईरहेको छ । यश क्षेत्रमा दैनिक जसो आधादर्जन बढी शवको अन्त्यष्टि हुने गरेको छ । कपिलवस्तुका अधिकाशं स्थानबाट सो स्थनमा शवको अन्त्यष्टि गर्न ल्याइन्छ भने जिल्ला बाहिर रुपन्देही बाट पनि दाहसंस्कारका लागि नागरिकहरु आउने गर्दछन् । तर यति ठूलो दाहसंस्कार गर्नै स्थलको भने अहिले सम्म व्यवस्थित ढङ्गले निर्माण हुन नसक्दा भने नागरिकहरु सास्ति खेप्न बाध्य छन् ।

लक्ष्मणघाट क्षेत्रलाई धार्मिक रुपमा पनि चिन्ने गरिएको छ भने आन्तरिक पर्यटकीय स्थलरूपमा रहेकोले पनि लक्ष्मणघाट स्थित शवदाह स्थलको पनि निकै महत्त्व रहेको छ । तर स्थानीय तह बनेको चार बर्ष बढी भई सक्दा समेत बाणगंगा नगरपालिकाको निति तथा कार्यक्रममा यो स्थतलको व्यवस्थापनमा कुनै ध्ययान पुगेको छैन । गत वर्ष वडा नम्बर ७ ले वडाको केही बजेटबाट सौर्य बत्ति जडान गरेको थियो भने । विभिन्न दाताहरुको सहयोगबाट मलामी विश्रामालय केही वर्ष पहिले बनाइएको थियो । यद्यपी त्यस बाहेक अन्य पूर्वाधार निर्माणका लागि भने पहल हुन सकेको छैन ।
यता वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले भने वडाका तर्फबाट आफुले सकेसम्म पहल गरिरहेको र आवश्यक पूर्वाधार निर्माणका कामलाई पनि जारी राखेको बताउनुहुन्छ । उहाँका अनुसार लक्ष्मणघाट शवदाह स्थलको आवश्यक व्यवस्थापनका लागि नगरपालिका र प्रदेश सरकारसँग बजेट माग गरिएको छ । केही समयमै डिपिआर तयार हुने र सधैका लागि समस्या समाधनको उपाय खोजिने पनि वडा अध्यक्ष गिरीले बताउनुभयो । यस्तै बाणगंगा नगरपालिकाले पनि यसका लागि केही गर्नेमा आफु आशावादी रहेको पनि उहाँको भनाई छ । वडा अध्यक्ष गिरीले आफु निर्वाचित अध्यक्ष रहँदा सम्म आफ्नो पहल रहने र कार्यकाल पछि पनि शवदाह स्थलको निर्माण र विकासका लागि निर्वाचित जनप्रतिनिधहरुको ध्यानकर्षण गराइरहने प्रतिवद्धता पनि जनाउनुभयो ।
त्यस्तै अहिले सम्म लक्ष्मणघाट शव दाह स्थालमा शवको अन्त्यष्टिका लागि आउने नागरिकहरुले आवश्यक दाउराको व्यस्थापन आफैले गनुपर्ने बाध्यता रहेको छ भने नदीको उचित व्यासथपन हुन नसक्दा अनेकौँ समस्या पनि भोग्नुपरेको छ । आवश्यक व्यापस्थापकिय जिम्मा नगरपालिका आफैले लिन वा स्थानीयलाई समेत दिन नसक्दा शव दाह स्थालको पुरानो इतिहास रहे पनि सहि व्यस्थापन हुन नसक्नु दुःखद रहेको नागरिकहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया